

देशभर रगतको अभाव


ई–साझाकुरा, भदौ ७
रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा अत्यन्तै न्यून सङ्ख्यामा रगत मौज्दात रहेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिबारका लागि बुक गरिएका क्याम्पहरू सबै स्थगित भएका छन् । बिहीबार ३२ जना दाताले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत प्रदान गर्न सकिएको र ६१ जना रित्तो हात फर्किनुपरेको थियो । शुक्रबार २६ जनालाई फर्काउनुपरेको थियो ।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीका आफन्त केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका छन् । रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले पर्याप्त रगत आपूर्ति गर्न नसकिएको बताउनुभयो ।
केन्द्रमात्र होइन धरान, विराटनगर, चितवनलगायतका स्थानमा पनि रगत अभाव भइरहेकोे नेपाल रेडक्रम सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा छ र वरिपरिका जिल्लाबाट पहिला जस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेको जनाइएको छ । उता नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको छ ।
रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्त सङ्कलन गरे पनि विगत १३ दिनदेखि कुनै क्याम्प आयोजना नभएकाले त्यहाँ पनि अहिले रगतको स्टक समस्यामा परेको छ ।
साभार गोरखापत्र दैनिक


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया