प्रदेश पाँचमा एक बोरा पनि छैन युरिया मल , किसन चिन्तामा

राजेन्द्र खनाल, भदौ ६ कपिलवस्तु

प्रदेश पाँचका ताराईका जिल्लाका किसनहरु यतिबेला धानबालीमा राखिने युरीया मलको अभावका कारण चिन्तामा परेका छन् । वर्षभरिको चुलो बाल्ने खाद्यान्नको रुपमा रहेको धानबाली राम्रो फालाउने आशामा मेहेनत गरिरहेका किसानको भने यसवर्ष मल अभावका कारण धान उत्पादन कम हुने देखिएको छ ।

कपिलवस्तु जिल्लामा अहिले युरिया मलको चरम अभाव छ । किसनहरु भरतिय बजारमा पुगेर मल भित्राईरहेका छन् । कोरोना माहामारिका बिचमा पनि भारतिय बजारबाट लुकिछिपि मल ल्याएर भए पनि किसानहरुले धानबाली उत्पादन गर्ने ध्याउन्नमा छन् । कृषि समाग्री कम्पनी लिमिटेड कपिलवस्तुका अनुसार युरिया मला आउन अझै केही समय लाग्ने छ । अहिले डिएपि मल मात्रै रहेको तर युरिया मल एक बोरा पनि नभएको कार्यालय प्रमुख दिनेश शर्माले बताउनुभयो ।

उता रुपन्देहीमा पनि अहिले युरिया मलको अभाव किसानले झेलिरहेका छन् । धानभित्रको झार गोडेपछि युरिया राख्ने समय घर्किन लाग्दा पनि मल नपाएपछि अहिले किसानहरु निराश बनेका छन् ।

खेतमा झार गोडिसकेपछि उत्पादन बढाउन सामान्यतः धान रोपेको एक महिनामा खेतमा युरिया मल राख्नुपर्ने हुन्छ । तर युरियासहित सबैखाले रासायनिक मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री केन्द्रको प्रादेशिक डिपो भैरहवामा अहिले एक बोरा पनि युरिया मल छैन । धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि तराईका किसानले खेतमा मल राख्न पाएका छैनन् । मल नपाउँदा अधिकांश किसान धान उत्पादन र आम्दानी घट्ने चिन्तामा छन् ।

कतिपय किसान भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य छन् । विगतमा पनि कृषि सामग्री केन्द्रले मागअनुसार मल उपलब्ध गराउन नसक्दा किसानले भारतबाट विभिन्न माध्यमबाट आएको मल किनेर प्रयोग गर्ने गर्थे । तर यो वर्ष त कोरोना महामारीका कारण दुवै देशमा लकडाउन र निषेधाज्ञा जारी भएकाले भारतबाट विगतमा जसरी मल आउन पाएको छैन । छिटफुट रुपमा आएको मल पनि प्रहरीले गाउँ–गाउँ पुगेर नियन्त्रणमा लिई भन्सार चलान गर्ने गरेको छ ।

मल अभावका समाचार र गुनासा नेपालमा नयाँ भने होइनन् । तर यस वर्ष कोरोना माहामारीका कारण मलको चरम अभावले उत्पादमा ह्रास अउने निश्चित बनेको छ । प्रदेश कृषि विकास निर्देशनालयका मल फोकल पर्सन अनिल बानियाका अनुसार प्रदेश ५ मा वार्षिक करिब ८० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । विगत वर्षहरुमा पनि मागको तुलनामा ३० प्रतिशत कम परिमाण मात्रै आयात हुने गर्दथ्यो । प्रादेशिक डिपो भैरहवाबाट गत वर्ष ५४ हजार १ सय ४४ मेट्रिक टन युरिया, ३९ हजार २६३ मेट्रिक टन डीएपी, ५६६ मेट्रिक टन एसएसपी जिंक, १ हजार ४ सय ४ मेट्रिक टन पोटास, २७ मेट्रिक टन बोरोन, ५ हजार ६ सय ६७ मेट्रिक टन एसएसपी र एक हजार ४ सय ८४ मेट्रिक टन एमुनियम सल्फेट वितरण भएको बानियाले बताए ।

प्रदेश ५ मा ३ लाख ३४ हजार ६ सय ७५ हेक्टर खेतमा धान खेती हुन्छ । गत वर्ष ९०.०२ प्रतिशत खेतमा धान रोपाइँ हुँदा १२ लाख ५३ हजार ८९ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले बताए । यो वर्ष धान रोपाइँ ९५ प्रतिशतभन्दा बढी भएको छ । तर उत्पादन भने घट्ने देखिएको छ

प्रतिक्रिया