

आइसोलेशनमा तोडफोड, स्वास्थ्य सामग्री चोरी



ई–साझाकुरा, भदौ ५
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको आइसोलेशन तोडफोड गर्नुका साथै स्वास्थ्य सामग्री चोरी भएको छ ।
खाँदबारी नगरपालिका–७ नयाँ बजारमा रहेको हिमालय किरण क्याम्पसमा जिल्ला अस्पतालको झण्डै १५ लाख रुपैयाँको लगानीमा आइसोलेशन निर्माण गरिएको थियो । आइसोलेसनमा बिहीबार राति तोडफोड गर्नुका साथै स्वास्थ्य सामग्रीसमेत हराएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डाक्टर सुन्दर श्याम झाले बताउनुभयो ।

मेसु झाका अनुसार आइसोलेशनबाट झण्डै १५ लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको हो । नचिनेको मानिसको समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पीपीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडर लगायतका सामग्री चोरी गरेको उहाँले जानकारी दिनुभयो ।
गएको सोमबार धर्मदेवी नगरपालिका ४ पिलुवाखोलामा रहेको क्वरेण्टीनमा बसेका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा ल्याएर उपचार गर्ने भएपछि स्थानीय र क्याम्पस प्रशासनले आइसोलेशनमा बिरामी ल्याउन दिएका थिएनन् । अहिलेसम्म त्यो आइसोलेशनमा एक जना कोरोना सङ्क्रमितको पनि उपचार भएको छैन ।

बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकले जिल्ला अस्पतालको लगानीमा तयार भएको आइसोलेशनमा नै राखेर बिरामीको उपचार गर्नुपर्ने निर्णय गरे पनि स्थानीय र क्याम्पस प्रशासनले विरोध जनाएको थियो । तर त्यही राति आइसोलेशनमा तोडफोड हुनु र स्वास्थ्य सामग्री हराएको हो । तोडफोड गर्नेको र चोरी गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विवादककै बीच बिहीबार राति नै धर्मदेवी नगरपालिका ४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका ११ का २४ वर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ वर्षीय पुरुषलाई क्याम्पसको आइसोलेशनमा राखेर उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया