

आइसोलेशनमा तोडफोड, स्वास्थ्य सामग्री चोरी



ई–साझाकुरा, भदौ ५
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको आइसोलेशन तोडफोड गर्नुका साथै स्वास्थ्य सामग्री चोरी भएको छ ।
खाँदबारी नगरपालिका–७ नयाँ बजारमा रहेको हिमालय किरण क्याम्पसमा जिल्ला अस्पतालको झण्डै १५ लाख रुपैयाँको लगानीमा आइसोलेशन निर्माण गरिएको थियो । आइसोलेसनमा बिहीबार राति तोडफोड गर्नुका साथै स्वास्थ्य सामग्रीसमेत हराएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डाक्टर सुन्दर श्याम झाले बताउनुभयो ।

मेसु झाका अनुसार आइसोलेशनबाट झण्डै १५ लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको हो । नचिनेको मानिसको समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पीपीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडर लगायतका सामग्री चोरी गरेको उहाँले जानकारी दिनुभयो ।
गएको सोमबार धर्मदेवी नगरपालिका ४ पिलुवाखोलामा रहेको क्वरेण्टीनमा बसेका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा ल्याएर उपचार गर्ने भएपछि स्थानीय र क्याम्पस प्रशासनले आइसोलेशनमा बिरामी ल्याउन दिएका थिएनन् । अहिलेसम्म त्यो आइसोलेशनमा एक जना कोरोना सङ्क्रमितको पनि उपचार भएको छैन ।

बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकले जिल्ला अस्पतालको लगानीमा तयार भएको आइसोलेशनमा नै राखेर बिरामीको उपचार गर्नुपर्ने निर्णय गरे पनि स्थानीय र क्याम्पस प्रशासनले विरोध जनाएको थियो । तर त्यही राति आइसोलेशनमा तोडफोड हुनु र स्वास्थ्य सामग्री हराएको हो । तोडफोड गर्नेको र चोरी गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विवादककै बीच बिहीबार राति नै धर्मदेवी नगरपालिका ४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका ११ का २४ वर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ वर्षीय पुरुषलाई क्याम्पसको आइसोलेशनमा राखेर उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया