नेविसंघ र तरुण युवाहरुद्धारा तीजमा विपन्न परिवारलाई राहत प्रदान

ई–साझाकुरा, भदौ ५

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्र नं १ कपिलबस्तुले सामाजिक कार्य गरी तीजको अवसरमा विपन्न परिवारसँग सहयोग गरी मनाएका छन् । तिजको अवसर पारी विहिबार अति बिपन्न महिला, एकल तथा बृद्ध महिलाहरुको घरमै पुगी उनीहरुसंग खाद्यान्न सहयोग गरी दरखाने दिनलाई सहयोगी भावनाका साथ मनाएका हुन ।

ती अति विपन्न महिलाहरुको जटिल अबस्था लाई मध्यनजर गर्दै राहतस्वरुप खाद्यान्ह दिएर दर खाने पर्वलाई भिन्न सन्देश दिने गरी मनाइएको विद्यार्थी नेता तथा तरुण युवाहरुले बताएका छन् ।

बाणगंगा नगरपालिका वडा न १० पटना स्थित भाउपुरमा रहेका १५ घरपरिवारका अति बिपन्न , दुखी तथा एकल महिलाहरुको परिवारलाई दरस्वरुप र २५ किलोका दरले एकएक बोरा चामाल ,दाल ,नुन ,तेल लगाएतका खाद्यसामाग्री राहत प्रदान गरीएको हो ।

प्रतिक्रिया