

दाङमा भेन्टिलेटर र आईसीयू बेड प्रयोगविहीन, बिरामी बुटवल रिफर



ई–साझाकुरा, भदौ ५
दाङका विभिन्न अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू बेडकाे लागि आवश्यक जनशक्ति नहुँदा प्रयोग विहीन भएका छन् ।
कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ८ वटा भेन्टिलेर र १५ वटा आईसीयू बेडहरु भए पनि अहिले जनशक्ति नहुँदा प्रयोग विहीन बनेका हुन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ वटा भेन्टिलेटर र ५ वटा आइसीयू बेड रहेको र न्यूनतम ३० जना डाक्टर सहित स्वास्थ्यकर्मीको आवश्यक पर्ने भए पनि जनशक्ति शून्य हुँदा जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नु परेको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिनुभयो ।
गम्भीर अवस्थाका कोरोना सङ्क्रमित बिरामीहरुलाई बेलझुण्डीमा राख्न नसकेर बुटवल रिफर गरिँदै आएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि ३ वटा भेन्टिलेटर र १० वटा आईसीयू बेड राखिएको छ तर प्रयोगमा भने आउन सकेका छैनन् ।
जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । यसैबीच प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले भने अब छिट्टै जनशक्तिको व्यवस्था गरिने जनाएको छ । निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले दरबन्दीका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पेश भैसकेको र छिट्टै जनशक्ति उपलब्ध हुने बताउनुभएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया