

दाङमा भेन्टिलेटर र आईसीयू बेड प्रयोगविहीन, बिरामी बुटवल रिफर


ई–साझाकुरा, भदौ ५
दाङका विभिन्न अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू बेडकाे लागि आवश्यक जनशक्ति नहुँदा प्रयोग विहीन भएका छन् ।
कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ८ वटा भेन्टिलेर र १५ वटा आईसीयू बेडहरु भए पनि अहिले जनशक्ति नहुँदा प्रयोग विहीन बनेका हुन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ वटा भेन्टिलेटर र ५ वटा आइसीयू बेड रहेको र न्यूनतम ३० जना डाक्टर सहित स्वास्थ्यकर्मीको आवश्यक पर्ने भए पनि जनशक्ति शून्य हुँदा जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नु परेको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिनुभयो ।
गम्भीर अवस्थाका कोरोना सङ्क्रमित बिरामीहरुलाई बेलझुण्डीमा राख्न नसकेर बुटवल रिफर गरिँदै आएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि ३ वटा भेन्टिलेटर र १० वटा आईसीयू बेड राखिएको छ तर प्रयोगमा भने आउन सकेका छैनन् ।
जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । यसैबीच प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले भने अब छिट्टै जनशक्तिको व्यवस्था गरिने जनाएको छ । निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले दरबन्दीका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पेश भैसकेको र छिट्टै जनशक्ति उपलब्ध हुने बताउनुभएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया