

वाणगंगामा रेडियो कक्षा भदौ ७ सम्म स्थगित


भदौ ५ कपिलवस्तु, कपिलवस्तुको वाणगंगामा संचालन भएको रेडियो कक्षा कार्यक्रम तीन दिनका लागि स्थगित भएको छ । हिन्दु नारीहरुको मुख्य पर्व हरितालिका तीजको अवसरमा रेडियो कक्षा पनि तीन दिनका लागि स्थगित गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । आज भोली र पर्सि सम्म आर्थत भदौ ७ गते सम्मका कक्षा स्थतिग गरिएको नगरपालिकाका स्रोत व्यक्ति कविराज भण्डारीले जानकारी दिनुभयो ।
कोरोना भाइरस कहरका कारण बन्दाबन्दिमा पाँच महिनादेखि स्कुल बन्दाबन्दीमा छ । विद्यार्थीको पठनपाठन प्रभावित भएपछि वाणगंगा नगरपालिकाले रेडियो र टेलिभिजनबाट पठनपाठन संचालन गर्दै आएको छ। कक्षा चार देखि कक्षा १० सम्मका अनिवार्य चार विषयहरु नगरपालिकाका चारवटा रेडियो बाट प्रसारण हुदैँ आएका छन भने अनिवार्य गणित विषयको शिक्षण टेलिभिजनबाट संचालन भईरहेको छ ।
कोरोनाले शिक्षा क्षेत्रमा ठूलो असर पुगेको अवस्थामा वाणगंगा नगरपालिकाले पठनपाठन सुचारु राख्न वैकल्पिक माध्यमबाट पढाउँदै आएको हो । रेडियोको माध्यमबाट सिकाइएको पठनपाठन राम्रै प्रभावकारिता देखिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । रेडियो कक्षा हरेक दिन बिहान ११ बजे देखि दिउस साढे २ बजे सम्म संचालन हुँदै आएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया