

वाणगंगामा रेडियो कक्षा भदौ ७ सम्म स्थगित



भदौ ५ कपिलवस्तु, कपिलवस्तुको वाणगंगामा संचालन भएको रेडियो कक्षा कार्यक्रम तीन दिनका लागि स्थगित भएको छ । हिन्दु नारीहरुको मुख्य पर्व हरितालिका तीजको अवसरमा रेडियो कक्षा पनि तीन दिनका लागि स्थगित गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । आज भोली र पर्सि सम्म आर्थत भदौ ७ गते सम्मका कक्षा स्थतिग गरिएको नगरपालिकाका स्रोत व्यक्ति कविराज भण्डारीले जानकारी दिनुभयो ।
कोरोना भाइरस कहरका कारण बन्दाबन्दिमा पाँच महिनादेखि स्कुल बन्दाबन्दीमा छ । विद्यार्थीको पठनपाठन प्रभावित भएपछि वाणगंगा नगरपालिकाले रेडियो र टेलिभिजनबाट पठनपाठन संचालन गर्दै आएको छ। कक्षा चार देखि कक्षा १० सम्मका अनिवार्य चार विषयहरु नगरपालिकाका चारवटा रेडियो बाट प्रसारण हुदैँ आएका छन भने अनिवार्य गणित विषयको शिक्षण टेलिभिजनबाट संचालन भईरहेको छ ।
कोरोनाले शिक्षा क्षेत्रमा ठूलो असर पुगेको अवस्थामा वाणगंगा नगरपालिकाले पठनपाठन सुचारु राख्न वैकल्पिक माध्यमबाट पढाउँदै आएको हो । रेडियोको माध्यमबाट सिकाइएको पठनपाठन राम्रै प्रभावकारिता देखिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । रेडियो कक्षा हरेक दिन बिहान ११ बजे देखि दिउस साढे २ बजे सम्म संचालन हुँदै आएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया