

यसपालि तीजको रमझम शुन्य



ई–साझाकुरा कपिलवस्तु, भदौ ४
स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे ।
यसपालिको तीज पर्व खल्लो र निरस छ । दुई दिनअघिसम्म तीजको रमझम छैन ।

महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ । यसवर्षका तीज पर्वमा गाउँघरमा कतैपनि मौलिक तीजका गुन्जन पाएनन् । कपिलवस्तु सहित देशैभर तीज पर्व शुन्य बनेको छ । यसवर्षको तीज संचारमाध्यमबाट बज्ने गीत र कालाकारले रेकडिङ गराएका भाकाहरुमा सिमित बनेको छ । युट्युबमा राखिएका तीजका म्युजिक भिडियो हेरेर यस वर्षको तिजपर्वको अनन्द लिइएको छ ।
यसैबिच आज तीजको पुर्वसन्ध्या स्वरुप दरखाने दिन । यस वर्षको दरखाने कार्यक्रममा पनि गत वर्षहरुमा जस्तै छडकभडक शुन्य बन्यो भने छोरीचेलीहरु माईतीघरमा जाने स्थिति पनि सहज बन्न सकेन जसका कारण आजको दरखाने दिन पनि गत वर्षमा जस्तो उत्सवमय बन्न सकेको छैन । नजिकै माईति हुनेहरु माईतिघरमा जम्मा भएको भए पनि कोरोनाको जोखिम र संक्रमण न्युनिकरणका लागि गरिएको निषेधाज्ञाले यसवर्ष टढा माईति हुनेहरु घरमै दर खाएर आजको दिनलाई मनाईरहेका छन् ।
यता कपिलवस्तु जिल्लामा नजिकिदै गरेको हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको संयममा सचेत भई आफनै घर परिवारसंग मात्र मनाउन जिल्ला प्रशासन कार्यलय कपिलबस्तुले आग्रह गरेको छ । कोरोनाभाईरसको उच्च जोखिम बढेकोले थप सर्तकता अपनाई आफु र अरुलाई बचाउन समेत यो पर्वमा होसियारी अपनाउनु पर्ने प्रशासनले अनुरोध गरेको छ । प्रजिअ दीर्घ नारायण पौडेलले सुचना जारी गर्दै यो पर्व मनाउदा धेरै जना जम्मा नगर्ने, बाहिर नकिस्कने मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने गर्रीे, सर्तकता अपनाउन आग्रह गरिएको छ । आफु पनि पाहुन बन्न पनि नजाने र पाहुना पनि नबोलाउने कार्यलाइृ काडईकासाथ पालन गर्न अपील गरिएको जिल्ला प्रशासन कार्यलय कपिलबस्तुले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया