

हाइस दुर्घटना : ११ जना घाइते र २ को अवस्था गम्भीर



डडेल्धुरा-बैतडीमा हाइस गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ६ स्थित पन्तेउडा भन्ने स्थानमा दुर्घटना भएकाे हाे।

महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको बा ३ ख ९११७ नम्बरको गाडी बुधबार साँझ साढे ६ बजे दुर्घटना भएको हो। गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर साउँद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया बिस्ना जोशी रहेका छन्। उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएकाे छ भने समान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता किसन चन्दले जानकारी दिए।
हाइसमा १७ जना रहेको बुझिएको उनकाे भनाइ छ । अन्य समान्य रहेको प्रहरीले जनाएको छ । हाइस सडकबाट करीब २० मिटर तल खसेको छ भने चालक प्रहरी नियन्त्रणमा छन्।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया