

हाइस दुर्घटना : ११ जना घाइते र २ को अवस्था गम्भीर



डडेल्धुरा-बैतडीमा हाइस गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ६ स्थित पन्तेउडा भन्ने स्थानमा दुर्घटना भएकाे हाे।

महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको बा ३ ख ९११७ नम्बरको गाडी बुधबार साँझ साढे ६ बजे दुर्घटना भएको हो। गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर साउँद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया बिस्ना जोशी रहेका छन्। उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएकाे छ भने समान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता किसन चन्दले जानकारी दिए।
हाइसमा १७ जना रहेको बुझिएको उनकाे भनाइ छ । अन्य समान्य रहेको प्रहरीले जनाएको छ । हाइस सडकबाट करीब २० मिटर तल खसेको छ भने चालक प्रहरी नियन्त्रणमा छन्।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया