

सिपीएलमाअाफ्नो पहिलो खेलमै सन्दिपको विकेट


ई-साझाकुरा, भदौ ३
क्यारेबियन प्रिमियर लिग(सीपीएल)को पहिलो खेलमा नै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका छन। सीपीएलको यस सिजनमा उनको यो पहिलो खेल हो।
बुधबार साँझ सन्दीपले जारी सेन्ट लुसिया जाक्सविरुद्ध सो विकेट लिएका हुन। जमैका तालेवाजबाट खेलिरहेका सन्दीपले आफ्नो अन्तिम ओभरमा नजिबुल्लाह जार्दनको विकेट लिएका छन्। जार्दनलाई सन्दीपले बाउन्ड्रीमा क्याच गराएका थिए।
टोलीको नवौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले एक छक्कासहित ८ रन खर्चेका थिए। ११औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका उनले उत्कृष्ट पुनरागमन गर्दै ३ रनमात्रै दिए। १३औं ओभरमा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले एक चौका सहित ८ रन खर्चे। यस ओभरमा एक स्टपिङ र एक एलबिडब्लु अपीएल गरेपनि अम्पायरले नकारेका थिए।
१५औं ओभरमा व्यक्तिगत चौथो ओभरमा आएका सन्दीपले दोस्रो बलमा जार्दनलाई आउट पार्दै सफलता हात पारेका हुन। यस ओभरमा सन्दीपले ४ रनमात्रै खर्चे।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया