

सिपीएलमाअाफ्नो पहिलो खेलमै सन्दिपको विकेट



ई-साझाकुरा, भदौ ३
क्यारेबियन प्रिमियर लिग(सीपीएल)को पहिलो खेलमा नै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका छन। सीपीएलको यस सिजनमा उनको यो पहिलो खेल हो।
बुधबार साँझ सन्दीपले जारी सेन्ट लुसिया जाक्सविरुद्ध सो विकेट लिएका हुन। जमैका तालेवाजबाट खेलिरहेका सन्दीपले आफ्नो अन्तिम ओभरमा नजिबुल्लाह जार्दनको विकेट लिएका छन्। जार्दनलाई सन्दीपले बाउन्ड्रीमा क्याच गराएका थिए।
टोलीको नवौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले एक छक्कासहित ८ रन खर्चेका थिए। ११औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका उनले उत्कृष्ट पुनरागमन गर्दै ३ रनमात्रै दिए। १३औं ओभरमा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले एक चौका सहित ८ रन खर्चे। यस ओभरमा एक स्टपिङ र एक एलबिडब्लु अपीएल गरेपनि अम्पायरले नकारेका थिए।
१५औं ओभरमा व्यक्तिगत चौथो ओभरमा आएका सन्दीपले दोस्रो बलमा जार्दनलाई आउट पार्दै सफलता हात पारेका हुन। यस ओभरमा सन्दीपले ४ रनमात्रै खर्चे।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया