

लकडाउनमा चाप घटेका बेला स्मार्ट लाइसेन्स सबै छापिए



ई-साझाकुरा, भदौ ३
प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो ।छपाइ ढिलो हुादा करिब ४ वर्षदेखि स्मार्ट लाइसेन्सको वितरणमा समस्या छ । तर, लकडाउनका कारण नयाा लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो ।
गत वर्ष इटालीबाट विभागले मास पि्रन्टर पनि ल्याएको थियो । कोरोनाको महामारी पनि सवारी लाइसेन्सको परीक्षा सबैजसो प्रदेशमा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ ।
यसले गर्दा विभागमा छापाइ गर्नुपर्ने लाइसेन्सको चाप घटेको थियो । यही मौकामा विभागले लगातार छपाइको काम गरेर ‘ब्याक लक’ फुकाएको हो ।
विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार अब प्रक्रिया पुरा गरेपछि चालकहरुलाई एक महिनामै लाइसेन्स दिन सकिनेछ । कागजी प्रक्रिया पुरा भएर आउने लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित प्रदेशमा पठाउनुपर्ने भएकाले एक महिनाको समय लाग्ने अवस्था विद्यमान रहेको उनले बताए ।
‘अब पुराना लाइसेन्स छाप्न बााकी छैन,’ उनले भने,’अब नियमित रुपमा आउने लाइसेन्स नियमित रुपमै छापिएर कार्यालयहरुमा पाउन सकिने छ ।’
तर, लाइसेन्स कार्यालयहरुका अनुसार लकडाउनका बेलामा चालकहरु घरमै थुनिएकाले धेरै जना नवीकरणका लागि आएका छैनन् । नयाा लाइसेन्स लिने र वर्ग थप्नेहरु पनि प्रक्रियामा सामेल हुन पाएका छैनन् ।
स्थिति समान्य हुनासाथै कार्यालयहरुमा भीड बढ्ने र फेरि एकैपटक थुप्रै चालकहरुले लाइसेन्स माग गर्ने भएकाले भविष्यमा अहिलेको विभागको छपाइको क्षमताले धान्न कठीन हुने उनीहरु बताउाछन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया