

लकडाउनमा चाप घटेका बेला स्मार्ट लाइसेन्स सबै छापिए



ई-साझाकुरा, भदौ ३
प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । गत जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो ।छपाइ ढिलो हुादा करिब ४ वर्षदेखि स्मार्ट लाइसेन्सको वितरणमा समस्या छ । तर, लकडाउनका कारण नयाा लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो ।
गत वर्ष इटालीबाट विभागले मास पि्रन्टर पनि ल्याएको थियो । कोरोनाको महामारी पनि सवारी लाइसेन्सको परीक्षा सबैजसो प्रदेशमा बन्द भएका छन् भने नवीकरणको क्रम पनि पातलिएको छ ।
यसले गर्दा विभागमा छापाइ गर्नुपर्ने लाइसेन्सको चाप घटेको थियो । यही मौकामा विभागले लगातार छपाइको काम गरेर ‘ब्याक लक’ फुकाएको हो ।
विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार अब प्रक्रिया पुरा गरेपछि चालकहरुलाई एक महिनामै लाइसेन्स दिन सकिनेछ । कागजी प्रक्रिया पुरा भएर आउने लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित प्रदेशमा पठाउनुपर्ने भएकाले एक महिनाको समय लाग्ने अवस्था विद्यमान रहेको उनले बताए ।
‘अब पुराना लाइसेन्स छाप्न बााकी छैन,’ उनले भने,’अब नियमित रुपमा आउने लाइसेन्स नियमित रुपमै छापिएर कार्यालयहरुमा पाउन सकिने छ ।’
तर, लाइसेन्स कार्यालयहरुका अनुसार लकडाउनका बेलामा चालकहरु घरमै थुनिएकाले धेरै जना नवीकरणका लागि आएका छैनन् । नयाा लाइसेन्स लिने र वर्ग थप्नेहरु पनि प्रक्रियामा सामेल हुन पाएका छैनन् ।
स्थिति समान्य हुनासाथै कार्यालयहरुमा भीड बढ्ने र फेरि एकैपटक थुप्रै चालकहरुले लाइसेन्स माग गर्ने भएकाले भविष्यमा अहिलेको विभागको छपाइको क्षमताले धान्न कठीन हुने उनीहरु बताउाछन् ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया