केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो । प्रवक्ता गौतमले निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताउनुभयो ।
उहाँले आउने एक दुई वर्षमा कुनै पनि उपचार गर्ने अस्पतालले कोभिड बाहेकको मात्र उपचार गर्ने संभावना नरहेको भन्दै ननकोभिड बिरामी पनि कोभिड संक्रमित हुन सक्ने भएकाले त्यतिबेला अस्पतालले तुरुन्त रिफर गर्न सम्भावना कम हुने बताउनुभयो ।
प्रवक्ता डाक्टर गौतमले सरकारी अस्पताल अब भरिभराउ हुने सम्भवाना रहेको भन्दै निजी अस्पताल पन्छिन नमिल्ने बताउनुभयो । यो उनीहरुको जिम्मेवारी तथा बाध्यता रहको उहाँको भनाइ थियो ।
प्रतिक्रिया