




पानीमा किरा भेटिएपछि बुटवलको कालिकानगरमा रहेको माउन्ट कैलाश ब्रान्डको पानी उत्पादन गर्ने कर्माचार्य मिनिरल एण्ड वेभरेज इन्डष्ट्रिज सिल गरिएको छ । जिल्ला अनुगमन समितिले मंगलबार उक्त उद्योगमा सिल गरेको हो ।
कम्पनीले गत जुलाई महिनामा उत्पादन गरेको ब्याच नं एफ रहेको बोतलमा झुसिलकिरा प्रजातिको किराका माउ र बच्चा रहेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गरेको थियो । परीक्षणमा पानी पिउनयोग्य नरहेको देखिएको छ ।
त्यसपछि जिल्ला अनुगमन समितिले अनुगमन गर्दा पानी शुद्धीकरण गर्ने उपकरण बिग्रेकाले धाराबाट सिधै बोतलमा राखेर बजारमा पानी पठाउने गरेको, मापदण्डविपरीत पानीको बोटलिङ र प्याकेजिङ भएको पाएपछि उद्योगमा सिल गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख विमलकुमार दाहालले खानेपानी प्रशोधनसम्बन्धी निर्देशिकाविपरीत पानी बोतलमा भरेर बजारमा पठाउने गरिएकोले उक्त कम्पनीलाई सिल गरिएको जानकारी दिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया