



पानीमा किरा भेटिएपछि बुटवलको कालिकानगरमा रहेको माउन्ट कैलाश ब्रान्डको पानी उत्पादन गर्ने कर्माचार्य मिनिरल एण्ड वेभरेज इन्डष्ट्रिज सिल गरिएको छ । जिल्ला अनुगमन समितिले मंगलबार उक्त उद्योगमा सिल गरेको हो ।
कम्पनीले गत जुलाई महिनामा उत्पादन गरेको ब्याच नं एफ रहेको बोतलमा झुसिलकिरा प्रजातिको किराका माउ र बच्चा रहेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गरेको थियो । परीक्षणमा पानी पिउनयोग्य नरहेको देखिएको छ ।
त्यसपछि जिल्ला अनुगमन समितिले अनुगमन गर्दा पानी शुद्धीकरण गर्ने उपकरण बिग्रेकाले धाराबाट सिधै बोतलमा राखेर बजारमा पानी पठाउने गरेको, मापदण्डविपरीत पानीको बोटलिङ र प्याकेजिङ भएको पाएपछि उद्योगमा सिल गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख विमलकुमार दाहालले खानेपानी प्रशोधनसम्बन्धी निर्देशिकाविपरीत पानी बोतलमा भरेर बजारमा पठाउने गरिएकोले उक्त कम्पनीलाई सिल गरिएको जानकारी दिए ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया