
सांसद बोगटीलाई कोरोना संक्रमण

ई–साझाकुरा, भदौ ३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
सांसद बोगटीले भने आफूमा संक्रमण पोजेटिभ देखिएको पुष्टि गरे।
‘मैले साउन ३० गते पिसिआरको लागि स्वाब दिएको थिएँ। पछि दुइटा नतिजा आयो। पहिलो नेगेटिभ देखिएको थियो तर हिजो फेरि पोजेटिभ देखियो भनेर खबर पाएँ,’ उनले भने।
अहिले उनी कीर्तिपुरस्थित आइसोलेसन वार्डमा भर्ना भएका छन्।
उनले आफ्नो स्वास्थ्य सामान्य रहेको जनाए।
सांसद बोगटीले भने, ‘मलाई कुनै पनि लक्षण छैन। एकदम आरामले बसेको छु।’
यसअघि सिंहदरबारका एकजना कर्मचारीलाई कोरोना देखिएपछि सांसद बोगटीले पनि ती कर्मचारीको सम्पर्कमा पुगेको भन्दै पिएसओसहित टेकु पुगेर कोरोना परीक्षणको लागि स्वाब दिएका थिए।
उनको पिएसओलाई पनि संक्रमण देखिएको छ।
उनलाई भने भक्तपुरस्थित केएमसी अस्पताल भर्ना गरिएको छ।
सांसद बोगटीले गत साउन २५ गते ६१ जना नेकपा सांसदहरूको पत्रकार सम्मेलनमा आफू पनि सहभागी भएको सुनाए।
त्यसको भोलिपल्टै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेको उनले बताए।
उनले साउन २९ गते आफू नयाँ बानेश्वरको कृषि विकास बैंक र एभरेस्ट बैंकमा पनि पुगेको जनाए।
उनले भने, ‘पछि नेगेटिभ नतिजा आएपछि जटिबुटीको एभरेष्ट बैंकको एटिएममा पनि पुगेको थिए। तर पछि पोजेटिभ देखिएपछि भने कतै गएको छैन।’
सांसद बोगटी अछाम क्षेत्र नम्बर-२ बाट तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया