

सांसद बोगटीलाई कोरोना संक्रमण



ई–साझाकुरा, भदौ ३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
सांसद बोगटीले भने आफूमा संक्रमण पोजेटिभ देखिएको पुष्टि गरे।
‘मैले साउन ३० गते पिसिआरको लागि स्वाब दिएको थिएँ। पछि दुइटा नतिजा आयो। पहिलो नेगेटिभ देखिएको थियो तर हिजो फेरि पोजेटिभ देखियो भनेर खबर पाएँ,’ उनले भने।
अहिले उनी कीर्तिपुरस्थित आइसोलेसन वार्डमा भर्ना भएका छन्।
उनले आफ्नो स्वास्थ्य सामान्य रहेको जनाए।
सांसद बोगटीले भने, ‘मलाई कुनै पनि लक्षण छैन। एकदम आरामले बसेको छु।’
यसअघि सिंहदरबारका एकजना कर्मचारीलाई कोरोना देखिएपछि सांसद बोगटीले पनि ती कर्मचारीको सम्पर्कमा पुगेको भन्दै पिएसओसहित टेकु पुगेर कोरोना परीक्षणको लागि स्वाब दिएका थिए।
उनको पिएसओलाई पनि संक्रमण देखिएको छ।
उनलाई भने भक्तपुरस्थित केएमसी अस्पताल भर्ना गरिएको छ।
सांसद बोगटीले गत साउन २५ गते ६१ जना नेकपा सांसदहरूको पत्रकार सम्मेलनमा आफू पनि सहभागी भएको सुनाए।
त्यसको भोलिपल्टै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेको उनले बताए।
उनले साउन २९ गते आफू नयाँ बानेश्वरको कृषि विकास बैंक र एभरेस्ट बैंकमा पनि पुगेको जनाए।
उनले भने, ‘पछि नेगेटिभ नतिजा आएपछि जटिबुटीको एभरेष्ट बैंकको एटिएममा पनि पुगेको थिए। तर पछि पोजेटिभ देखिएपछि भने कतै गएको छैन।’
सांसद बोगटी अछाम क्षेत्र नम्बर-२ बाट तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया