

बुटवलको तरकारी थोक बजारबाट कोरोना संक्रमण फैलिने त्रास


ई–साझाकुरा, भदौ ३
मुदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिएपछि रुपन्देही प्रशासनले मंगलबारदेखि नै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर बुटवल उपमहानगरपालिका आफैं सञ्चालक सदस्य रहेको जिल्लाकै ठूलो थोक तरकारी बजारमा भने प्रशासनको निषेधाज्ञाकै खिल्ली उडाइएको छ ।

संक्रमणको जोखिमलाई बढाउने गरी यहाँ भीडभाड हुने गर्दछ । भारतका विभिन्न ठाउँबाट आयात गरिएका तरकारी र फलफूल बिक्री हुने बुटवल कृषि उपज थोक बजारमा निषेधाज्ञाको समयमा पनि सयौं उपभोक्ता र व्यापारीको भीड लाग्दा स्थानीयवासी संक्रमण फैलिन सक्ने भन्दै त्रसित बनेका छन् ।
दैनिक करिब दुई करोड रुपैयाँको कारोबार हुने यो बजारमा ७० भन्दा बढी तरकारी र फलफूल पसल छन् । तरकारी र फलफूल बोकेर भारतीय ट्रकका चालक र मजदुर थोक बजारसम्मै आउने गर्छन् । नेपालका पनि धेरै जिल्लाबाट यहाँ तरकारी आउने गर्छ । यसले गर्दा यो तरकारी बजार कोभिड-१९ संक्रमण हुन सक्ने जोखिमयुक्त ठाउँ हो ।
तर उपमहानगरपालिका र थोक बजार सञ्चालक समितिले बजारमा सामाजिक दुरी कायम गराउन, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गराउन चासो दिएको छैनन् ।
तरकारी र फलफूल किनमेलका लागि जम्मा भएका उपभोक्ता र ब्यापारीबीच ठेलमठेलको अवस्थाले कोरोना संक्रमण फैलिने चिन्ता स्थानीयमा छाएको छ । ‘वस्तीको बीचमा थोक बजार छ, मान्छेको भीडभाड मेलामा जस्तै हुन्छ,’ स्थानीय जीवन परियारले भने, ‘व्यापारी र उपभोक्ताले स्वास्थ्य मापदण्ड पालना गर्दैनन्, यस्तो बेथिति नरोक्ने हो भने बुटवलमा जोखिमको कल्पना गर्न सकिन्न ।’
बुटवल उपमहानगरको वडा नंं. ६ को कार्यालय सामुन्ने सञ्चालित थोक तरकारी बजारमा संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी नअपनाइँदा स्थानीयमा संक्रमण फैलिन सक्ने र जोखिम निम्तिन सक्ने भन्दै तत्काल अनुगमन गरी कारवाही गर्न स्थानीय कमल पौडेलले माग गरे । ‘स्थानीय सरकार रमिते बनेको छ, यस्तो चरम लापरवाही हुँदा पनि तत्काल नरोक्ने हो भने नगरवासी जोखिममा पर्छन्,’ पौडेलले भने ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले तरकारी बजार खोल्न बिहान ७ बजेदेखि ९ बजेसम्म दिने भनिए पनि भीडभाड गर्ने छुट नभएको बताए । यसबारे उपमहानगरले तत्काल कदम चाल्ने उनले बताए ।
यसअघि चैतमा पनि यो थोक बजारमा यस्तै बेथिति भएको समाचार सार्वजनिक भएपछि उपमहानगरपालिकाले केही दिनका लागि बजार बन्द गराएको थियो ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया