

आज कुशे औँसी, अर्थात बुबाको मुख हेर्ने दिन



ई–साझाकुरा, भदौ ३
आज कुशे औँसी, अर्थात बुबाको मुख हेर्ने दिन। हिन्दु सनातन धर्म मान्नेहरुले आज बुवाकाे विशेष सम्मान गरी कुशे औंसी मनाउँदै छन्।

कुशको विशेष प्रकारको पवित्र मानिने औँठीलाइ घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा र्पुयाउने गर्छन् र यजमानहरूले पनि सिदा दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन्।
बुबा जो कहिले अभिभावक बनेर, कहिले कहिले असल शिक्षक बनेर, कहिले साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर हरेक पिताले आफ्ना छोराछोरीको भविष्यलाई सफल बनाउन लागिपरेका हुन्छन्। संसारका हरेक नयाँ चिजहरुसँग घुलमिल गराउन, उनीहरुलाई सही मार्गमा लैजान र सन्तानका आवश्यकतालाई आफ्नो भन्दा पहिलो प्राथमिकता दिएर पुरा गराउन सधैँ आमाबुवाले प्रयास गरिरहन्छन्। सन्तान जतिनै ठुलो भए पनि बुबाआमाको लागि भने आफ्ना सन्तान सधैभरि सानो र प्रिय रहन्छन्।
बुवाको यही त्याग, प्रेमलाइृ सम्मान गर्नको लागी पनि आको दिनलाई विशेष रुपमा मनाउने गरिएको छ । कुशेऔँसी तिथिहरुलाई विशेष गरेर पितृको सम्झना गर्न पनि महत्वपूर्ण मानिन्छ।
यस दिनमा पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई फलफूल कपडा आदि उपहार दिने चलन पनि चलिआएको पाईन्छ। यस दिनमा काठमाडौँको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्रलगायतका ठाउमा आजको दिन ठूलो भिड हुने गरेको छ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया