

आज कुशे औँसी, अर्थात बुबाको मुख हेर्ने दिन



ई–साझाकुरा, भदौ ३
आज कुशे औँसी, अर्थात बुबाको मुख हेर्ने दिन। हिन्दु सनातन धर्म मान्नेहरुले आज बुवाकाे विशेष सम्मान गरी कुशे औंसी मनाउँदै छन्।

कुशको विशेष प्रकारको पवित्र मानिने औँठीलाइ घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा र्पुयाउने गर्छन् र यजमानहरूले पनि सिदा दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन्।
बुबा जो कहिले अभिभावक बनेर, कहिले कहिले असल शिक्षक बनेर, कहिले साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर हरेक पिताले आफ्ना छोराछोरीको भविष्यलाई सफल बनाउन लागिपरेका हुन्छन्। संसारका हरेक नयाँ चिजहरुसँग घुलमिल गराउन, उनीहरुलाई सही मार्गमा लैजान र सन्तानका आवश्यकतालाई आफ्नो भन्दा पहिलो प्राथमिकता दिएर पुरा गराउन सधैँ आमाबुवाले प्रयास गरिरहन्छन्। सन्तान जतिनै ठुलो भए पनि बुबाआमाको लागि भने आफ्ना सन्तान सधैभरि सानो र प्रिय रहन्छन्।
बुवाको यही त्याग, प्रेमलाइृ सम्मान गर्नको लागी पनि आको दिनलाई विशेष रुपमा मनाउने गरिएको छ । कुशेऔँसी तिथिहरुलाई विशेष गरेर पितृको सम्झना गर्न पनि महत्वपूर्ण मानिन्छ।
यस दिनमा पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई फलफूल कपडा आदि उपहार दिने चलन पनि चलिआएको पाईन्छ। यस दिनमा काठमाडौँको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्रलगायतका ठाउमा आजको दिन ठूलो भिड हुने गरेको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया