

शितगङगा १४ मा कोरोना नियन्त्रणमा उच्च सतर्कता


भाद्र २ अर्घाखाँची /अर्घाखाँची जिल्लाको शितगङगा नगरपालिका वर्डा न १४ मा बिपद ब्यावस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठक सप्पन्न भएको छ ।
विस्वभर फैलिएको नोभल कोरोना भाईरस(COVID 19) ले मुलुल आक्रान्त भैरहेका बेला कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि शितगङगा नगरपालिका को वार्ड न १४ का वडा अध्यक्ष तथा बिपद ब्यावस्थापन समितिका संयोजक दामोदर न्यौपानेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । आजै शितगङगा १४ पावर माबीमा बसेको समितिको बैठकले अत्यावश्यक बहेकका सम्पुर्ण सेवामा बन्द गर्दै यहि भाद्र ३ गते देखि १० गते सम्म एक हप्ताकालागी सम्पुर्णकिसिमका आवतजावत बन्द गर्ने गरि वडा न . १४ कार्यलयको बिपद ब्यावस्थापन समितिले निर्णय गरेको हो । साथै बैठकले वडामा रहेका युवा क्ल्बहरु , आमा समूह द्वारा कुनैपनी किसिमका भिडभाड नगर्ने र नजिकिदै गरेका चार्डपर्वमा कुनै अन्यत्र स्थानमा आवतजावत नगर्ने गरि सतर्कता अपनाउने निर्णय गरेको छ । वर्डाको नजिक रहेका अन्य वाड र स्थानीय तहमा कोरोनाको उच्च जोखिम देखिएकाले पुर्ण रुपमा वार्डलाई लकडाउन गरिएको वडा अध्यक्ष तथा बिपद ब्यावस्थापन समितिका अध्यक्ष दामोदर न्यौपानेले जानकरी दिनुभयो ।
बैंठकमा नेपाली काङ्ग्रेस वार्ड सभापति धन बहादुर पुन , सचिब चुरा बहादुर कार्की त्यसैगरी नेकपा नेता लोकनाथ खनाल , समाजसेवी बिरबहादुर खम्चाकी , पावर मा बिका प्र अ नहकुल मान रेस्मी वडा सचिब लेखनाथ पोख्रेल , तरुण दलका नेता थमन रास्कोटी लगाएतको उपस्थिति रहेको थियो । शितगङगा नगरपालिका वडा न १४ले सुरुवाती चरण बाटै कोरोना रोकथाम तथा नियन्त्रणमा उच्च सतर्कता अपनाउदै आएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया