

सर्वोच्च अदालतका इजलास अधिकृतमा कोरोना संक्रमण


ई–साझाकुरा, भदौ २
सर्वोच्च अदालतका इजलास अधिकृतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको इजलास नम्बर ६ मा कार्यरत २४ वर्षीया अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको हो।

चार दिनअघि अदालतका न्यायाधीश, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन भएको थियो। इजलास अधिकृतमै संक्रमण पुष्टि भएपछि त्रासको वातावरण पैदा भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन्।
यसअघि अदालतका न्यायाधीशको पीएसओ र सवारी चालकमा समेत संक्रमण देखिएको थियो। काठमाडौं बाहिरका उच्च अदालतका न्यायाधीश र कर्मचारीमा देखिएको छ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया