

तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु



ई–साझाकुरा, भदौ २
कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, पे्रसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।
डा. खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’
अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीयामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी ५० वर्षीया महिलाको मृत्यु भएको हुन सक्ने भएकाले थप जानकारीका लागि अस्पताल गइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया