तपाईँको पेट दुख्यो कि ?

०२ भाद्र २०७७ मंगलवार 

मानिसमा देखिने स्वास्थ्य समस्याहरु मध्ये सबैभन्दा बढी देखिने समस्या हो पेटको समस्या ।  नेपालमा पनि सरकारले सूचिकृत गरेका प्रमुख १० रोगमध्ये पेट सम्वन्धी रोग जस्तै पेट दुख्ने, ग्यास्ट्राइटीस , झाडापखला, आउ जस्ता रोगहरु समेटिएका छन ।

चिकित्सा विज्ञानले साधारण मानिने झाडा–पखला देखी अत्यन्तै जटिल मानिने क्यान्सर रोगको उदगम स्थल पेटलाई नै मानेको छ । यद्धपी ती समस्याहरु पेटका पनि विभिन्न अंगमा देखिन सक्छन । अनि पेट रोग एउटै मात्रै यस्तो रोग हो जो संसारका प्रत्येक मानिसले कुनै न कुनै बेला अनुभव गरेकै हुन्छ ।

चिकित्सकहरु भन्छन, विकसित होस या विकासोन्मुख मुलुक, धनी होस या गरीव, महिला होस या पुरुष, केटाकेटी होस या प्रौड ,बृद्ध  सबैलाई पेटको रोगले सताएको हुन्छ । यो रोगले न कुनै क्षेत्र छुट्टयाएको हुन्छ , न कुनै वर्ग, लिङग र उमेर ।’

पेटमा समस्या देखिनुको मुख्य कारण खानपान तथा आहार विहार नै हो ।  हामीले खाने पानी र खाद्य पदार्थ दुशित भयो भने त्यसले तत्कालै वा दीर्घकालिन रुपमा असर गर्छ । त्यसबाहेक जीवनशैली, बातबरण तथा बंषाणुगत आधारले पनि रोग लाग्ने वा नलाग्ने अवस्थाको सिर्जना हुने चिकित्सकहरु बताउछन ।

पेटरोग विशेषज्ञ भन्छन, पेट रोगमा समस्या पार्ने पानी र खाना हो । असुद्ध पानी र दुशित खानाकै माध्यमबाट शरीरमा व्याक्टेरिया तथा भाइरसहरुको प्रवेश हुन्छ । त्यसले नै पेटका विभिन्न अंगमा संक्रमण निम्त्याउछ । अन्तत पेट दुख्छ । उनले कतिपय अवस्थामा व्यक्तिको जीवनशैली, उचीत सरसफाईको अभावका कारणबाट पनि पेट रोग हुने सम्भावना व्यक्त गरे ।

किन दुख्छ पेट ?

पेटभित्र जति अंग छ ती अंगहरुको नियमित सञ्चालन प्रकृयामा अवरोध भयो पेट दुख्छ । दाया-बाँया कोखा, नाइटोको वरपर तल वा माथि पेट दुखाईका केन्द्र मानिन्छ । तर यसका भित्री भागमा रहेका अंगमा हुने गडबडीले पेट दुख्ने गर्छ ।
ग्यास्ट्रोलोजिष्ट डा. भन्छन, पेट र यसभित्र रहका अङ्गहरूको सञ्चालन प्रक्रियामा कुनै गढबडी वा अवरोध हुनासाथ पेटमा समस्या देखा पर्छन् । जसको लक्षण पेट दुखाइ, झाडापाखाला, डकार बाट देखिन्छ ।

डाक्टरका अनुसार सबैभन्दा बढी आमाशय, पेङ्क्रियाज, गल्डब्लाडर (पित्तथैली), सानो आन्द्रा, ठूलो आन्द्रा र मृगौलाबाट जाने नली युरेटरमा गडबढ हुँदा पेट दुख्छ । जब पानी वा खानाका माध्यमबाट पेटमा पुगेका भाइरस वा ब्याक्टेरिया सजिलै पाचन प्रणालीमा घुल्छन्  त्यसले नियमित प्रकृयालाई अवरोध सिर्जना गर्दछ । जब नियमित प्रक्रियामा असर पुग्छ मस्तिष्कले त्यसको तत्काल संकेत पाउछ र हामीमा दुखईको महसुस हुन्छ डा. ले भने । खाना र पानी नै दूषित हुँदा सुरुमा झाडा पखालादेखि, ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सरसम्म हुने गर्छन् ।

प्रतिक्रिया