

अस्पतालहरु संक्रमितले भरिदै, आइसीयू र भेन्टिलेटरमा एक सय जनाको उपचार हुँदै



ई–साझाकुरा, भदौ १
कोरोना संक्रमणका कारण देशभर १ सय जना बिरामी आइसीयू र भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकामा ४५ जना आईसीयु र ५ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् । देशभरको अस्पताल संक्रमितले भरिएको छ । अस्पताल भरिएपछि अब संक्रमितहरु होम आइसोलेसन मै बस्न थालेका छन् ।
कोरोना संक्रमित बढ्दै गएपछि देशभरको अस्पतालहरु संक्रमितले भरिएका छन् । संक्रमितले अस्पताल भरिएपछि करिब २ हजार संक्रमित होम आइसोलेसनमा छन् । कोरोनाले गम्भीर अवस्थामा पुगेर अस्पतालको आइसीयु र भेन्टिलेटरमा पुग्ने बिरामीको संख्या पनि बढेको छ।
दिउसोसम्म काठमाडौं उपत्यकामा मात्र ४७ जना संक्रमित आईसीयुमा छन् । यी मध्ये ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । उपत्यका बाहिर ४५ जनाको आईसीयुमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेका बिरामीको डेक्सामेथासोन र प्लाज्मा थेरापीबाट उपचार हुँदै आएको छ । विश्वका बिभिन्न देशमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ औषधि खरिद गर्न नेपाल औषधि ब्यबस्था बिभागले तीन वटा निजी कम्पनीलाई सोमबार अनुमति दिएको छ ।
चिकित्सकका अनुसार ‘एन्टी भाइरल ड्रग’ को रुपमा रहेको यो औषधि संक्रमितलाई दिएपछि यसले भाइरसलाई मार्न मद्दत पु¥याउँछ । यसले संक्रमितलाई गम्भीर अवस्थामा जानबाट रोक्नेछ र चाँडै निको भएर घर फर्कन सक्छन् ।
स्वास्थ्य अनुसन्धान परिषद्ले भने यसबारे अध्ययन गरिरहेको छ । पछिल्लो समय देखिएको संक्रमण कडा बन्दै गर्दा र संक्रमितमा लक्षण देखिने र कयौ गम्भीर अवस्थामा पुग्दा चिकित्सकहरुले उपचारको बिभिन्न उपाय अपनाइरहेका छन् । होम आइसोलेसनमा बसेकाहरुलाई सरसफाई र सन्तुलित आहारमा बढी ध्यान दिन चिकित्सकको सुझाब छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया