जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको छ ।
कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुने भएकाले विद्यालय खुलेको समयमा केही अभिभावकले आफ्ना सन्तानलाई भर्ना गर्न पनि ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनकुमारी पाख्रिनले जानकारी दिइन् ।
तर प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । कट्याक्ट ट्रेसिङका क्रममा शिक्षकको पनि स्वाब संकलन गरेर परीक्षण गर्दा २५ गते संक्रमण पुष्टि भयो । त्यसले सिंगो गाउँ त्रासमा पर्यो ।
शिक्षकको प्रत्यक्ष सम्पर्कमा रहेका केही शिक्षकले कोरोना परीक्षणका लागि स्वाब दिए । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना प्राथमिक र एक जना माध्यमिक तहका शिक्षक हुन् ।
‘कोरोना गाउँपालिकामा थिएन । त्यसैले सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्ने भनेका थियौं’ गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई भन्छन्, ‘शिक्षकमा कोरोना संक्रमण देखिएपछि नयाँ समस्या सृजना भएको छ ।’
उनकाअनुसार थप ५ जना शिक्षकले पीसीआर टेष्टका लागि आइतबार स्वाब दिएका छन् । विद्यार्थी र अभिभावकलाई घरमै बस्न आग्रह गरिएको छ । ‘लक्षण देखियो वा केही गाह्रो भयो भने सम्पर्क गर्नुस् भनेका छौं’ उनले भने ।
तर अभिभावकहरु भने त्रासमा छन् ।
उनीहरुमध्ये एक प्रकाश दाहाल भन्छन्, ‘शिक्षकमा कोरोना देखियो भनेपछि बच्चाको ख्याल गरेका छौं । तर उनीहरुमा संक्रमण देखिन्छ कि भन्ने डर लागेको छ ।’
प्रतिक्रिया