एक जनाको कोरोना संक्रमणबाट मृत्यु, जनकपुर

जनकपुर । धनुषामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीय पुरुषमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिवार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषको स्वाव संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
डाइविटिजका रोगी रहेका सो पुरुषको सुगर लेभल हाई रहेको र अक्सिजनको लेवल कम भएपछि शुक्रवार उनलाई जनकपुरधामको काव्या हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिवार बिहान ८ बजे तिर उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया