

स्वास्थ्यकर्मी र पत्रकारसहित बारा–पर्सामा थप ४७ जना संक्रमित



ई–साझाकुरा, साउन ३२
पर्सा–बारामा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ३१ साउन शनिबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ जना, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १÷१ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
नारायणी अस्पतालका ७ जनामा कोरोना
नारायणी अस्पतालको गाईने वार्डमा कार्यरत ३० र ३२ वर्षीया महिलामा कोरोना देखिएको छ ।
यस्तै सामाजिक सुरक्षा शाखामा कार्यरत वीरगञ्ज श्रीपुरकी २५ वर्षीया र वीरगञ्ज–१६ इनर्वाका २५ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
यसैगरी वीरगञ्ज–१० का ३२ वर्षीया महिला, पेड्रियाटिक वार्डका कर्मचारी २८ वर्षीया महिला र काउन्टरमा कार्यरत वीरगञ्ज–श्रीपुरका ५१ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।
पोखरीयाका १२ जनामा संक्रमण
पर्साको पोखरीया नगरपालिकामा १२ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरिया–१ का ४६ र ४८ वर्षीय पुरुष, पोखरिया–४ का २३, ६० र ५५ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यसैगरी ८ वर्षीय बालक र ३० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
पोखरिया–७ रानीगञ्जका २८ वर्षीया महिला र ३७ वर्षीय पुरुष तथा पोखरीया–९ का १८ र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेका र आफैं जचाएकामा पनि कोरोना
कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्जका २२ वर्षीय पुरुष, वीरगञ्ज–११ श्रीपुरका ७० वर्षीया महिला र १२ वर्षीय पुरुष संक्रमित भएका छन् । वीरगञ्ज–१२ पानीट्यांकीका १२ र ११ वर्षीय बालक, २० वर्षीया महिला तथा वीरगञ्ज–८ का ३२ वर्षीय पुरुषमा कोरोना देखिएको छ । वीरगञ्ज–४ विर्ताका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनदेखि ज्वरो आएका प्राइम फर्मामा काम गर्ने ६ जनासमेत कोरोनाबाट संक्रमित भएका छन् । पर्सागढी नगरपालिका–२ बागवानाका २५ वर्षीय पुरुष, पर्सागढी–५ का ३१ वर्षीय पुरुष, विन्दवासिनी–१ का २९ वर्षीय पुरुष, वीरगञ्ज–३२ सोलखपुरका १९ वर्षीय पुरुष, देवरवानाका २९ वर्षीय पुरुष र विरुवागुठीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
आफैं कोरोना जाँच गराएका बाराको कलैयाकाका ६० वर्षीय पुरुष, वीरगञ्ज लाठगल्लीका ४८ वर्षीय पुरुष, तीन दिनदेखि छाती दुखेर कोरोना जाँच गराएका बाराको महागढीमाई नगरपालिका–५ कबहीका ४० वर्षीय पुरुषमा पनि कोरोन पुष्टि भएको छ ।
भवानी अस्पतालमा उपचाररत वीरगञ्ज–१२ मुर्लीका ५२ वर्षीय पुरुष, नारायणी अस्पतालमा डायलायसिस गराउँदै आएका विरामी ४२ वर्षीय पुरुष, नारायणी अस्पतालको आईसीयुमा उपचाररत २२ वर्षीय युवक, ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–११ रानीघाटका ३२ वर्षीय पुरुषमा समेत कोरोना देखिएको छ ।
बयोधा अस्पतालमा भर्ना भएका वीरगञ्ज–१४ पिप्राका २९ वर्षीय पुरुष, हाउसकिपिङको काम गर्ने रक्सौल पन्टोकाका २६ वर्षीय पुरुष र स्टोरमा काम गर्ने वीरगञ्जकै ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
वीरगञ्ज–१५ भिश्वाका ५० वर्षीया महिला, बहुदरमाई–९ भौराटारका २३ वर्षीय पुरुष, वीरगञ्ज–१ छपकैयाका ४८ वर्षीय पुरुष, वीरगञ्ज परवानीपुरका ३० वर्षीय पुरुष र वीरगञ्ज–१० रानीघाटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।


प्रतिक्रिया