

एक घन्टा बढी सुत्दा कति हुन्छ फाइदा ?



ल, केही काम छैन भने पनि हामी कहिलेकांही मोबाइल चलाएर बिछ्यौनामा केही समय यसै बिताइदिन्छौँ ।

जे होस्, हामी सुत्ने समयमा कटौती गरिदिन्छौँ । तर, हामीलाई एउटा स्वस्थ जीवनशैली चाहिएको छ भने हामीले सुत्नका लागि सक्दो धेरै समय निकाल्नु पर्ने हुन्छ ।
सुत्नका लागि हामीले एक घन्टा मात्र बढी निकाल्यौँ भने पनि हामी अझ ताजा देखिन्छौँ, अझ फुर्तीफार्ती देखिन्छौँ । विशेषज्ञहरुले त अझ के भनेका छन् भने एक घन्टा बढी सुत्नु जति फाइदाजनक हुन्छ, त्यति नै एउटा निश्चित रुटिन बनाएर त्यही अनुसार सुत्नु धेरै फाइदाजनक हुन्छ ।
आवश्यकताअनुसार हामीले सुत्यौँ भने त्यसका अनेकौँ फाइदा छन् । अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका एसोसियटेड प्रोफेसर र्याचेल सलास निद्रासम्बन्धी एक विशेषज्ञ हुन् । उनले भनेका छन्, ‘आवश्यक निद्रा पुग्यो भने मानिसले आफूलाई राम्रो महसुस गर्नुका साथै आफूमा धेरै ऊर्जा भएको महसुस गर्छ । र, यसले राम्रा विचारहरु पनि जन्माउँछ । जो मानिस राम्रोसँग सुत्छ, उसले आफ्नो संगठनमा पनि राम्रो गर्न पाउँछ ।’
निद्राले हाम्रो शरीरलाई राम्रै असर गर्ने उनल बताएका छन् । जब मानिसहरुले आफ्नो निद्रालाई कटाउँदै लैजान्छन्, उनीहरुको तौल बढ्दै जान्छ । झन्, आँखाहरु थकित देखिनु त सामान्य हो ।
कतिसम्म भने एक घन्टा थप सुत्दा मानिसहरुको मानसिक दक्षता पनि निकै धेरै वृद्धि भएको पाउन सकिन्छ । कतिपय अध्ययनहरुले के पाएका छन् भने जसले पूरा निद्रा सुत्छ, उसले जीवनमा राम्रो गर्छ ।
गत महिना अमेरिकामा भएको एक अध्ययनले पूरा निद्रा सुत्ने विद्यार्थीले अन्तिम परीक्षामा राम्रो गरेको देखाएको थियो । मिसिगन विश्वविद्यालयमा अक्टोबरमा गरिएको एउटा रिसर्चले निद्रा कम हुँदा मानिसको दक्षतामा कमी आउँछ ।
अर्को एक अध्ययनले कोही पनि व्यक्ति दुई दिनसम्म लगातार ६ घन्टाभन्दा कम सुतेको छ भने उसलाई एक सातासम्म काममा समस्या पर्ने देखाएको छ । अर्को एउटा अध्ययन जुन सन् २०१८ मा स्वीडेनमा प्रकाशित गरिएको थियो, त्यसले पनि कम निद्रा हुनेहरुको मृत्यु छिटो हुने जनाएको छ । यो अध्ययनमा ४० हजार मानिसलाई समावेश गरिएको थियो ।
जे होस्, अहिलेसम्म जति अध्ययन गरिएका छन्, ती सबैले एक घन्टा बढी सुत्दा जीवनशैली, कामको क्षमता तथा सोच र स्वास्थ्यमा राम्रो हुने निष्कर्ष निकालेका छन् ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया