

दक्षिण कोरियामा कोरोनाका संंक्रमित बढ्न थाले



ई-साझाकुरा, साउन ३१
एजेन्सी । दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण दर पुनः बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिना यता दक्षिण कोरियामा एकै दिन सङ्क्रमित व्यक्तिको सङ्ख्या सबैभन्दा धेरै हो ।
पाँच करोड १० लाख जनसङ्ख्या रहेको राजधानी शहर सियोलमा पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि सरकारले सङ्क्रमण नियन्त्रणका उपायहरूलाई थप कडा पारिरहेको छ । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा देशभर अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १५ हजार ३९ रहेको र ३०५ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।
केसीडीसीले नयाँ सङ्क्रमितमध्ये १५५ जना स्थानीय रहेको र अन्य कोरियामा विभिन्न कामको शिलशिलामा पुगेका विदेशी रहेको बताएको छ । सङ्क्रमितमध्ये अधिकांश राजधानी शहर र वरपरका क्षेत्रका नागरिक हुन् ।
अधिकारीहरूले पुनः सङ्क्रमण देखिन थालेपछि तत्काल हजारौं चर्चहरूलाई बन्द गर्न निर्देशन गरेका छन् । कोरियामा सङ्क्रमण फैलिनसक्ने एउटा प्रमुख क्षेत्रका रूपमा चर्चलाई लिएका छन् । यस पहिले पनि कोरियाको एक चर्चमा गएका केही व्यक्तिबाट सङ्क्रमण फैलिएको थियो । त्यसैगरी नर्सिङ होम, विद्यालय, रेस्टुरेण्ट र धेरै उपभोक्ताको भेला हुने बजारहरू रहेका छन् ।
सरकारी अधिकारीहरूले शनिबार सियोलमा सरकारको विरोधमा प्रदर्शनकारी र मजदुर युनियनहरूले गरेको प्रदर्शनका कारण सङ्क्रमण अझ फैलिनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सङ्क्रमण वृद्धि भएका कारण ठूला शहरहरूमा सामाजिक दूरीको उपायहरूलाई अझ कडा बनाउन सक्ने अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म आर्थिक चिन्ताको कारण शहरी क्षेत्रमा खासै कडाई गरिएको छैन । सरकारले सार्वजनिक जमघटमा प्रतिबन्ध, मनोरन्जन स्थलहरूलाई बन्द गर्ने र बेसबल र अन्य व्यावसायिक खेलहरूबाट प्रशंसकहरू हटाउनेजस्ता प्रतिबन्ध समावेश गर्न सक्ने बताएको छ । दक्षिण कोरियाले जुलाईको अन्त्यदेखि आंशिक रूपमा दर्शकहरूलाई खेल हेर्न खुला गरेका थिए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया