

दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो, ६६३ जना निको, २ जनाको मृत्यु


ई–साझाकुरा, साउन ३१
दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । आज दाङका ११ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या ७०१ पुगको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा र स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा १ जना गरी आज दाङका कुल ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
आज कोरोना पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ९ जनामा रहेका छन् भने घोराही उपमहानगरपालिका वडा नम्बर १५ का एक पुरुष रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । स्टार अस्पतालमा कोरोना पुष्टि भएकाको भने ठेगाना खुलाइएको छैन ।
दाङमा कुल ७०१ जना संक्रमित मध्य ६६३ जना निको भएर घर फर्किएका छन् । ३८ जनाको भने विभिन्न आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ । एक महिला एक पुरुष गरी जिल्लामा दुई जनाको भने मृत्यु भएको छ ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया