

दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो, ६६३ जना निको, २ जनाको मृत्यु



ई–साझाकुरा, साउन ३१
दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । आज दाङका ११ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या ७०१ पुगको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा र स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा १ जना गरी आज दाङका कुल ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
आज कोरोना पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ९ जनामा रहेका छन् भने घोराही उपमहानगरपालिका वडा नम्बर १५ का एक पुरुष रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । स्टार अस्पतालमा कोरोना पुष्टि भएकाको भने ठेगाना खुलाइएको छैन ।
दाङमा कुल ७०१ जना संक्रमित मध्य ६६३ जना निको भएर घर फर्किएका छन् । ३८ जनाको भने विभिन्न आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ । एक महिला एक पुरुष गरी जिल्लामा दुई जनाको भने मृत्यु भएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया