

कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो


ई–साझाकुरा, साउन ३१
पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । हिजो बेलुकी वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।
योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने नेपालमा सय जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६ सय १३ को पीसीआर परीक्षण गर्दा २५ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये १९ हजार ७७ जना निको भएका र ७ हजार ३ सय ७५ जना आइसोलेशनमा छन् । १४ हजार ६ सय ३८ जना भने क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया