कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो
ई–साझाकुरा, साउन ३१
पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । हिजो बेलुकी वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।
योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने नेपालमा सय जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६ सय १३ को पीसीआर परीक्षण गर्दा २५ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये १९ हजार ७७ जना निको भएका र ७ हजार ३ सय ७५ जना आइसोलेशनमा छन् । १४ हजार ६ सय ३८ जना भने क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया