

एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीय त्रसित !



ई–साझाकुरा, साउन ३१
महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानियहरु त्रसित भएका छन् । महोत्तरीको भंगहा नगरपालिकाको वडा नं. ५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो ।
शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर संजीव साहले सबै प्रति स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर साहको भनाइअनुसार घरमै हुँदासमेत सर्पले टोक्ने गरेको तर सर्प कसैले नदेखेको उनको भनाइ छ ।

टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयहरूले बताएका छन् । सर्पले टोकेका घाइतेहरुकाे बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा र सर्पदंश उपचार केन्द्र बन्दिपुरमा उपचार भइरहेको छ । उनीहरुकोे स्वास्थ्य अवस्था समान्य रहेको र चिन्ता लिनु पर्ने कुनै विषय नरहेको सर्पदंश उपचार केन्द्र बर्दिवासले जनाएकाे छ ।
यसअघि बिहीबार दिउँसो सोही टोलमै विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो । धानखेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया