

आजदेखि काठमाडौंमा भीडभाड जन्य सबै गतिविधि गर्न रोक



काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ भदौसम्म भिडभाड जन्य सबै प्रकारका गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध गरिएको छ । निर्णय अनुसार पूजाआजाका लागि मन्दीरमा भक्तजनहरुलाई निषेध हुनेछ ।
आदेशानुसार शैक्षिक संस्थाहरू संचालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय तोकिएको अवधिभर संचालनमा गर्न पाइने छैन । यस्तै कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ , ठेलागाडा र साइकल मार्फत संचालन हुने व्यवसायमा पनि रोक लगाइएको छ ।
यसैगरी उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट संचालनमा पनि प्रतिबन्ध लगाइएको छ । जसअनुसार होटल तथा रेष्टुरेन्टहरुमा गई बसेर खान पाइने छैन । निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रसासन कार्यालयद्धारा जारी आदेशमा भनिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया