

सामाजिक विकास मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा



ई–साझाकुरा, साउन ३०
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन्।
मन्त्रालयको कोरोना नियन्त्रणमा नियमित तथा सक्रिय रूपमा खटिएका ती अधिकारीको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

अहिले सामाजिक मन्त्रालयमा कार्यरत कर्मचारी तथा उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद गिरीले मन्त्रालयका एक अधिकारीलाई कोरोना संक्रमण भएको पुष्टि गरे। मन्त्रालयका कर्मचारी क्वारेन्टिनमा रहे पनि मन्त्रालयबाट गरिने नियमित सेवा भने नरोकिने गिरीले जानकारी दिए।
ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकास मन्त्री सुदर्शन बराल र डाक्टर गिरीको स्वाब पनि परीक्षण गरिएको थियो। उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया