

सिआइबीले पक्राउ गर्छ भन्दै रकम असुल्ने ‘पत्रकार’ पक्राउ



ई–साझाकुरा, साउन ३०
काठमाडौंका एक व्यवसायीलाई ठगी गर्नेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ। ब्युरोले बिहीबार काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई पक्राउ गरेको हो।

उनले प्रहरीलाई आफू आलोचना साप्ताहिक पत्रिकाका संवाददाता भएको बताएका छन्। उनी धादिङ घर भई ताराकेश्वर नगरपालिका- ११ नेपालटारमा डेरा गरी बस्दै आएका थिए। ब्युरोका अनुसार उनले काठमाडौंका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र पक्राउ गर्न सिआइबीमा पत्राचार भएको बताएका थिए।
साथै मुद्दा हेर्ने सिआइबीका इन्स्पेक्टरलाई पाँच लाख रुपैयाँ दिएमा मुद्दा रद्द बनाउने नत्र कुनै पनि समयमा प्रहरीले पक्राउ गर्छ भन्दै रकम असुली गरेका थिए।
उनले अरूलाई पनि ठगी गरेको हुन सक्ने भन्दै ठगिएको भए सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। थप अनुसन्धान गर्न सिआइबीले महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पठाएको छ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया