

सिआइबीले पक्राउ गर्छ भन्दै रकम असुल्ने ‘पत्रकार’ पक्राउ



ई–साझाकुरा, साउन ३०
काठमाडौंका एक व्यवसायीलाई ठगी गर्नेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ। ब्युरोले बिहीबार काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई पक्राउ गरेको हो।

उनले प्रहरीलाई आफू आलोचना साप्ताहिक पत्रिकाका संवाददाता भएको बताएका छन्। उनी धादिङ घर भई ताराकेश्वर नगरपालिका- ११ नेपालटारमा डेरा गरी बस्दै आएका थिए। ब्युरोका अनुसार उनले काठमाडौंका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र पक्राउ गर्न सिआइबीमा पत्राचार भएको बताएका थिए।
साथै मुद्दा हेर्ने सिआइबीका इन्स्पेक्टरलाई पाँच लाख रुपैयाँ दिएमा मुद्दा रद्द बनाउने नत्र कुनै पनि समयमा प्रहरीले पक्राउ गर्छ भन्दै रकम असुली गरेका थिए।
उनले अरूलाई पनि ठगी गरेको हुन सक्ने भन्दै ठगिएको भए सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। थप अनुसन्धान गर्न सिआइबीले महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पठाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया