

टिचिङमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



ई–साझाकुरा, साउन ३०
शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ।
गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो। तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए।
‘रिपोर्ट आउने क्रम जारी छ,’ उनले भने,’ संक्रमितलाई अस्पतालमा राखिएको छ। रिपोर्ट नआएकाहरू घरैमा बसिरहेका छन्।’ योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ। स्वाब परीक्षण गरिएका सबैलाई कोरोना देखिएको अवस्थामा अस्पतालले नै उपचारको व्यवस्था मिलाउने संयोजक दासले बताए।
‘हाम्रा कर्मचारीलाई अप्ठ्यारो पार्दैनौं, जोखिम अनुमान गरेर व्यवस्थापनमा लागिरहेका छौं,’ उनले भने। हाल अस्पतालको इमर्जेन्सी वार्ड सिल गरिएको छ। साथै, सरसफाइको काम चलिरहेको संयोजक दासले जानकारी दिए।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया