

टिचिङमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



ई–साझाकुरा, साउन ३०
शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ।
गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो। तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए।
‘रिपोर्ट आउने क्रम जारी छ,’ उनले भने,’ संक्रमितलाई अस्पतालमा राखिएको छ। रिपोर्ट नआएकाहरू घरैमा बसिरहेका छन्।’ योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ। स्वाब परीक्षण गरिएका सबैलाई कोरोना देखिएको अवस्थामा अस्पतालले नै उपचारको व्यवस्था मिलाउने संयोजक दासले बताए।
‘हाम्रा कर्मचारीलाई अप्ठ्यारो पार्दैनौं, जोखिम अनुमान गरेर व्यवस्थापनमा लागिरहेका छौं,’ उनले भने। हाल अस्पतालको इमर्जेन्सी वार्ड सिल गरिएको छ। साथै, सरसफाइको काम चलिरहेको संयोजक दासले जानकारी दिए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया