

नेपालमा सुनौलो कछुवा फेला



ई–साझाकुरा, साउन ३०
पत्रपत्रिकाबाट
नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो । यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन् । नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ ।
सुनौलो रङ बाहेक अन्य रङका कछुवा प्रायजसो मानिसले खाने र व्यापार गर्ने गरेकोे भेटिएको छ तर सुनौलो रङ भएकै कारण आफ्नो बासस्थानमा उच्च जोखिममा रहने देवकोटा बताउनुहुन्छ । अन्य गाढा रङका कछुवा जङ्गल, माटो र प्रकृतिसँग मिल्ने भएकाले अनुकूूलन गर्न सहज हुन्छ ।
सन् २०१८ को अप्रिल १४ का दिन बिहान जनकपुरमा यो कछुवा पहिलोपल्ट देखिएको थियो । अप्रिल महिनायता तराईमा सर्पको बिगबिगी हुनेगर्दछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया