

नेपालमा सुनौलो कछुवा फेला



ई–साझाकुरा, साउन ३०
पत्रपत्रिकाबाट
नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो । यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन् । नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ ।
सुनौलो रङ बाहेक अन्य रङका कछुवा प्रायजसो मानिसले खाने र व्यापार गर्ने गरेकोे भेटिएको छ तर सुनौलो रङ भएकै कारण आफ्नो बासस्थानमा उच्च जोखिममा रहने देवकोटा बताउनुहुन्छ । अन्य गाढा रङका कछुवा जङ्गल, माटो र प्रकृतिसँग मिल्ने भएकाले अनुकूूलन गर्न सहज हुन्छ ।
सन् २०१८ को अप्रिल १४ का दिन बिहान जनकपुरमा यो कछुवा पहिलोपल्ट देखिएको थियो । अप्रिल महिनायता तराईमा सर्पको बिगबिगी हुनेगर्दछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया