

कपडाको मास्क लगाउने र व्यवस्थापन गर्ने ९ तरिका





ई–साझाकुरा, साउन ३०
कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा विज्ञहरुले सबैलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न सुझाव दिइरहेका छन्। सकेसम्म सर्जिकल मास्क प्रयोग गर्ने र सर्जिकल मास्क नभएमा कपडाको भए पनि मास्क प्रयोग गर्न विज्ञको सुझाव छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न जोड दिएको छ। मन्त्रालयले मास्क प्रयोग गर्ने तरिकाका विषयमा पनि जानकारी दिँदै आइरहेको छ।
मन्त्रालयले सर्जिकल र कपडाको मास्क लगाउने तरिका र व्यवस्थापनका विषयमा पनि सुझाव सार्वजनिक गर्दै आइरहेको छ।
यहाँ कपडाको मास्क लगाउने तरिका र त्यसको व्यवस्थापनका विषयमा जानकारी दिइएको छ।
कपडाको मास्क लगाउने तरिका
१। मिचिमिची कम्तीमा २० सेकेन्ड साबुन–पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
२। डोरी मात्र समाई मास्क फुकाल्ने।
३। नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने।
४। मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने।
५। सकभर मास्कलाई हातले नछुने।
६। मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्ने।
७। कपडाको मास्कलाई फेरि प्रयोग गर्न मिल्छ। फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने।
८। मास्क फुकालेपछि साबुन–पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
९। प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन–पानीले धुने र घाममा सुकाउने।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया