

कपडाको मास्क लगाउने र व्यवस्थापन गर्ने ९ तरिका



ई–साझाकुरा, साउन ३०
कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा विज्ञहरुले सबैलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न सुझाव दिइरहेका छन्। सकेसम्म सर्जिकल मास्क प्रयोग गर्ने र सर्जिकल मास्क नभएमा कपडाको भए पनि मास्क प्रयोग गर्न विज्ञको सुझाव छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न जोड दिएको छ। मन्त्रालयले मास्क प्रयोग गर्ने तरिकाका विषयमा पनि जानकारी दिँदै आइरहेको छ।
मन्त्रालयले सर्जिकल र कपडाको मास्क लगाउने तरिका र व्यवस्थापनका विषयमा पनि सुझाव सार्वजनिक गर्दै आइरहेको छ।
यहाँ कपडाको मास्क लगाउने तरिका र त्यसको व्यवस्थापनका विषयमा जानकारी दिइएको छ।
कपडाको मास्क लगाउने तरिका
१। मिचिमिची कम्तीमा २० सेकेन्ड साबुन–पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
२। डोरी मात्र समाई मास्क फुकाल्ने।
३। नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने।
४। मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने।
५। सकभर मास्कलाई हातले नछुने।
६। मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्ने।
७। कपडाको मास्कलाई फेरि प्रयोग गर्न मिल्छ। फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने।
८। मास्क फुकालेपछि साबुन–पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
९। प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन–पानीले धुने र घाममा सुकाउने।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया