

कोरोनाको असरले सिप र कला नै संकटमा



रामबहादुर गन्धर्व/ साउन २९ कपिलवस्तु यस वर्षका नेपलीहरुका चडपर्वहरु लस्कर लागेर आईरहेका छन् । तर गत वर्ष जस्तो चाडबाडको रौनक भने कतै छैन । गत वर्षको अन्त्य तिरबाट सुरु भएको कोरोना माहामारी र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले अहिले यस वर्षका प्राय अहिले सम्मका चाडपर्वलाई असर गरेका छन् । चाडपर्व मनाउनेहरुलाई त असर परेको छ नै अझ यिनै पर्वमा आफ्नो वार्षिक आम्दानी जोहो गर्न वर्ष दिनका चाडपर्व पर्खिएर पेशो समाएकाहरु पनि यतिवैला निराशा पूर्ण दैनिकी विताईरहेका छन् ।
विशेष गरी नेपाली नारीहरुको मुख्य पर्व हरितालिका तिजका बेला प्रयोगमा आउने नेपाली बाजा मादल बनाउने पेसा सम्हालेका नागरिकहरु अहिले संकटमा परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ गणेशपुर टोलका अम्मबहादुर गन्धर्व र टेकबहादुर गन्धर्व तीजमा मादल विक्री होला र राम्रो आम्दानी गरौँला भन्ने आशामा हुनुहुन्थ्यो तर कोरोनाको असरले उहाँहरुले बनाएका मादल घरमै थन्काउनु पर्ने स्थिति आएको छ । अघिल्ला वर्षका तीजमा कामको चाँपाचाँप र मादल बनाउन र विक्रि गर्न भ्याई नभ्याई हुन्थ्यो, अहिले फुर्सदिलो हुनुपरेको छ, टेकबहादुरले भन्नुभयो ।
वर्ष दिनको आम्दानीको गतिलो स्रोत नै मादल बनाउने पेसा अँगाल्नुभएका गन्धर्वले अघिल्ला वर्षहरुमा मादल बनाएर र विक्री गरेरै तीजकै बेला १ लाख सम्म आम्दानी गर्नुहुन्थ्यो । अहिले भने मादलको कुनै काम नपाएको उहाँको गुनासो छ । कोरोनाको असरले व्यापार व्यावसाय प्रभावित भईरहेका बेला सामान्य पेसा सम्हालेका नागरिकहरुको गुजारा चलाउने सिप र कला पनि अहिले प्रभावित भएको छ । कोरोना कै कारण यस वर्ष चाडपर्वको रौनक कतै छैन भने चाडपर्वकै बेला केही आम्दानी गरौँला र जिविका चलाउँला भन्नेहरुको पेसा पनि संकटमा परिरहेको टेकबहादुर गन्धर्वले बताउनुभयो ।
पछिल्ला वर्षहरुमा आधुनिक बाजा र आधुनिक शैलिका कारण मादल लोपहुने अवस्थामा पुगिरहेका बेला कोरोनाको असरले झनै संकटमा पारेको गुनासो उहाँले गर्नुभयो । उहाँले बनाउनुभएका मादल समान्यतया तीन हजार देखि १० हजार सम्मा विक्रि हुने गरेका छन् । तर यस वर्ष जेनतेन २÷४ वटा मात्रै विक्रि गर्न सकेको उहाँले बताउनुभयो । यस वर्ष मादल विक्रि नभएका कारण दश हजार पर्ने मादल तीन देखि चार हजार सम्ममा विक्रि गर्नूपरेको मादल व्यवसायीहरुको गुनासो छ ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया