

निषेधाज्ञाका बेला पनि ग्रामिण क्षेत्रका बजार सामान्य जस्तै



ई–साझाकुरा, साउन २९
कोरोनाको संक्रमण तिव्र गतिमा समुदायमा फैलन थाले पछि अहिले कपिलवस्तु जिल्लामा साउन २२ गते देखि आशिंक र साउन २५ गते देखि पूर्ण निषेधाज्ञा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका बेला अत्यावस्यक पसल र व्यवसायहरु दैनिक २ घण्टा संचालनको अनुमति दिइएको भए पनि कपिलवस्तुका ग्रामिण बजार क्षेत्रहरु भने निर्वाध रुपमा दिनैभर संचालन हुने गरेका छन् । मुख्य राजमार्ग क्षेत्रका मुख्य बजार क्षेत्रका पसलहरु आशिंक बन्द जस्तो देखिए पनि ग्रामिण बजार क्षेत्रहरु भने सामान्य अवस्थामा जस्तै चलिरहेका हुन । अहिले कपिलवस्तुमा कोरोना संक्रमण समुदायस्तरमै तिव्र गतिमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
तर निषेधाज्ञाका बेला पनि कपिलवस्तुका व्यापार व्यावसाय संचालन हुदा व्यापारिक क्षेत्रबाटै कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको छ । अहिले कपिलवस्तु जिल्लाभर व्यापारिक क्षेत्रका २० जना बढि नागरिक संक्रमित भएका छन् । संक्रमण बढिरहेका बेला पनि व्यावसायीहरु सामान्य अवस्थामा जस्तै कारोबार गरिरहेका छन् । विशेष गरी वाणगंगा नगरपालिकाको वडा नम्बर ६,७,८,९, लगाएतका स्थानका व्यावसायीहरुले सामान्य अवस्थामा जस्तै व्यावसाय संचालन गरिरहेका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया