

निषेधाज्ञाका बेला पनि ग्रामिण क्षेत्रका बजार सामान्य जस्तै




ई–साझाकुरा, साउन २९
कोरोनाको संक्रमण तिव्र गतिमा समुदायमा फैलन थाले पछि अहिले कपिलवस्तु जिल्लामा साउन २२ गते देखि आशिंक र साउन २५ गते देखि पूर्ण निषेधाज्ञा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका बेला अत्यावस्यक पसल र व्यवसायहरु दैनिक २ घण्टा संचालनको अनुमति दिइएको भए पनि कपिलवस्तुका ग्रामिण बजार क्षेत्रहरु भने निर्वाध रुपमा दिनैभर संचालन हुने गरेका छन् । मुख्य राजमार्ग क्षेत्रका मुख्य बजार क्षेत्रका पसलहरु आशिंक बन्द जस्तो देखिए पनि ग्रामिण बजार क्षेत्रहरु भने सामान्य अवस्थामा जस्तै चलिरहेका हुन । अहिले कपिलवस्तुमा कोरोना संक्रमण समुदायस्तरमै तिव्र गतिमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
तर निषेधाज्ञाका बेला पनि कपिलवस्तुका व्यापार व्यावसाय संचालन हुदा व्यापारिक क्षेत्रबाटै कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको छ । अहिले कपिलवस्तु जिल्लाभर व्यापारिक क्षेत्रका २० जना बढि नागरिक संक्रमित भएका छन् । संक्रमण बढिरहेका बेला पनि व्यावसायीहरु सामान्य अवस्थामा जस्तै कारोबार गरिरहेका छन् । विशेष गरी वाणगंगा नगरपालिकाको वडा नम्बर ६,७,८,९, लगाएतका स्थानका व्यावसायीहरुले सामान्य अवस्थामा जस्तै व्यावसाय संचालन गरिरहेका छन् ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया