
२४ घण्टामा ५२५ जनामा काेराेना सङ्क्रमण




ई–साझाकुरा, साउन २९
नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साथै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएकाे जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक/एक जना गरी चार जनाको मृत्यु भएको हो ।
प्रदेश नम्बर १ मा आठ, दुईमा ३९, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै अहिलेसम्म १६ हजार आठ सय ३७ जनाले कोरोनालाई जितेका छन् । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा आठ हजार पाँच जना छन् । यस्तै १४ हजार सात सय ६९ जना क्वरेण्टीनमा रहेका छन् ।
अहिले पर्सा, रौतहट, महोत्तरी र काठमाण्डाै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाको सूचीमा छन् भने सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला सक्रिय सङ्क्रमित नभएका जिल्लाको सूचीमा छन् ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया