

कपिलवस्तु सहित अन्य जिल्लामा पनि देखियो लम्पी स्किन रोग



साउन २९, २०७७ बिहिबार
मान्छेमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला गाईभैँसीमा अर्को महामारीको संकेत देखिएको छ । त्यो रोग हो, लम्पी स्किन । यो रोग नेपालमा पहिलो पटक देखिएको हो ।

ती ठाउँका १ हजार ५ सय गाईहरुमा यो रोग भेटिएको छ । अहिलेसम्म १२ वटा गाईहरु यो रोगबाट मरेका पुष्टि भएको छ । देशका अरु ठाउँमा पनि यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका खबर आएको कृषि विभागका महानिर्देशक डा वंशी शर्माले जानकारी दिनुभयो ।
घाँटी, पुच्छर वरिपरिको भाग, पेट थुन लगायतका शरीरका विभिन्न भागहरुमा गिर्खा देखिने, कचेरा आउने, सिँगान बग्ने, मुखबाट धेरै फिँज निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने यो रोगका लक्ष्यण हुन् ।
यो रोग लागेपछि ४५ प्रतिशत गाइभैँसी बिरामी पर्ने हुन्छन् भने मृत्युदर १० प्रतिशत हुने गरेको छ । यो रोग मुख्यतया लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्छ । योबाहेक गाइभैँसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाइभैँसीको उपचारका क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्छ ।
यस्तै संक्रमित गाईभैँसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमासमेत सर्ने गर्छ । यो रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहअनुसार लक्षण अनुसारको उपचार गर्नुपर्छ । यो रोग विरुद्ध नेपालमा अहिलेसम्म खोप उपलब्ध छैन ।
रोग देखिएको ठाउँबाट गाईभैँसी ओसारपसार नियन्त्रण गर्नु, गोठ वरिपरिको वातावरण सफा राख्नु, नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डा शर्माले बताउनुभयो । विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ मा दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्तिमतिर भारतमा समेत देखापरेको थियो ।
तर नेपालमा भने असारको अन्तिमतिरबाट देखिन थालेको हो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया