

बुद्धभुमी नगरपालिका १ भेलाईमा गाई भैसिमा लाग्ने लम्पी स्किन भाइरस जस्तै मिल्दोजुल्दो रोग देखा


ई-साझाकुरा सुशील गैरे, साउन २८
कपिलवस्तुको बुद्धभुमि १ भेलाईमा पशुहरुमा लम्पी स्किन जस्तै रोग देखिएको छ ।

लम्पी स्किन रोग पशुहरुको शरीरमा दानाहरु देखिने , कचेरा निस्कने , सिंगान बग्ने, फिज धेरै अाउने , १०४ डिग्री ज्वरो अाउने, दूध उत्पादन घट्ने , गर्भ तुहिन सक्ने र धेरै समय सम्म बाझोपन रहने जस्ता लक्षण देखिने एक किसिमको रोग भएको बुद्धभुमिका पशु रोग प्रविधिक डाक्टर खिम बहादुर टण्डनले बताउनु भएको छ । कृषक सचेत रहेर समयमा उपचार गरे पशु स्वास्थ्यकर्मीलाई पनि उपचारको लागि सहज हुने र कृषकहरु अाफ्नो क्षति हुनबाट बच्न सक्ने भन्दै डाक्टरले सचेत गराएका छन् । लम्पी स्किन सरुवा रोग भएकाले कृषक सचेत रहनु पर्ने बताईएको छ ।
यो रोग समयमा उपचार नभए नियन्त्रण गर्न गाह्रो हुने उहाँको भनाई छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया