

पावर कृषि स्मार्ट गाउँमा कृषक पाठशाला बैठक सम्पन्न



साउन २८ कपिलवस्तु
पावर कृषि स्मार्ट गाउँको कृषक पाठशाला बैठक आज शितगंगा नगरपालिकाको वडा नम्बर १४ पावरमा सम्पन्न भएको छ । केही महिना अघि देखि स्मार्ट कृषक गाउँको रुपमा स्थापित पावरमा अहिले स्मार्ट किसिमले कृषिको काम भईरहेको छ भने नागरिकहरुको कृषि कर्म पनि स्मार्ट बन्दै गएको छ । आज सम्पन्न कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेको प्रमुख आथित्यता रहेको थियो । वडा अध्यक्ष न्यौपानेले पावरका किसानहरुलाई कृषि क्षेत्रमा सक्रिय रुपमा काम गरेको प्रति खुसी व्यक्त गर्दै आगमाी दिनमा कृषि र कृषकका लागि वडाको तर्फबाट विशेष प्रथामिकतामा राखिने प्रतिबद्धता जानाउनुभएको छ ।
बैठकले पावरका कृर्षकहरुको व्यवसाकि कृर्षि प्रतिको लगावलाई मध्यनजर गर्दै विभिन्न कृषिका कार्यक्रमहरु संचालन र स्थानिय कृषकहरुको सहभागितामा जोड दिएको कार्यक्रमका अध्यक्ष बिरबहादुर खम्चाकी मगरले बताउनुभयो । कार्यक्रम पावर कृषि स्मार्ट गाउँका अध्यक्ष खम्चाकी मगरको अध्यक्षतामा सम्पनन भएको हो । उक्त कार्यक्रममा पाठशाला प्रशिक्षकको रुपमा झगरु थारु र होम बहादुर न्यौपानेले सहजिकरण गर्नुभएको थियो । पावर स्मार्ट कृषि गाउँको प्रथम भेलाको रुपमा पनि आजको बैठक रहेको थियो । अब आगामी भदौ १५ गते पुनः बैठक बसी कृषक पाठशाला गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको खाम्चाकीले जानकारी दिनुभयो ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया