

कपिलवस्तुमा २ जना मृत्यु , एक जना कोरोना संक्रमित भने अर्को एक जनाको नमुना परिक्षणको रिपोर्ट आउन बाकिँ


ई–साझाकुरा, साउन २८
कपिलवस्तुका २ कोरोना संक्रमितको सोमवार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहावका एक र कृषण्नगरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।
लक्षण सहितका बिरामी दुबै जना बिगत ५ दिन देखि बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए । मृत्यु हुनेमा ४२ बर्षीय कपिलवसतु नगरपालिका– २ जमुहरा टोलका राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ बर्षीय प्रदीप तेली रहेका छन् ।
तौलिहवाको जमुहरा टोलका कारोना संक्रमितको मृत्यु भएको हो भने अर्को एक जना कृष्णनगरका मृत्यु भएका गुप्ताको स्वाबको रिपोर्ट भने नआएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया