

६३८ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु



ई–साझाकुरा, साउन २७
नेपालमा पछिल्लाे २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । साथै पछिल्लाे २४ घण्टामा एक सय ७१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ ।
अहिले सात हजार दुई सय एक जना देशका विभिन्न ठाउँको आइसोलेशनमा छन् । यस्तै ११ हजार ५८ जना क्वरेण्टीनमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ८३ पुगेको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया