भदौ १५ सम्म सार्वजनिक यातयात र हवाई उडान नचल्ने

काठमाडौं, २७ साउन।
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लामो दूरीको यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको हो । कोभिड(१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
बैठकममा सहभागि एक मन्त्रीका अनुसार कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइननको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यस अघि मन्त्रिपरिषद्को बैठकले भदौ १ देखी अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया