कोरोना नियन्त्रणमा खटिएकाहरुलाई कृष्णनगर नगरपालिकाद्वारा सम्मान

अजय मिश्र, कृष्णनगर, साउन २६ , कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आज अभिनन्दन कार्यक्रम गरेको छ । नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा नगरपालिकाको हालमा सम्पन्न गरेको हो ।
विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र, मयाको चिनो प्रदान गरेको छ ।
(ऋइख्क्ष्म्(ज्ञढ) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी जोकि कोरोना संक्रमित लाई आइसोलेशन सम्म पुर्याउने, भारत बाट आएका नेपाली का लागी सक्दो सहयोग गरेका, क्वारेनटाईन व्यवस्थापन लगायत दिन रात खटी जनता मा जनचेतना फैलाउदै नेपाली जनताको सेवामा समर्पित ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख, प्रहरी निरिक्षक प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने र नेपाली सेना का प्रतिनिधित्व गर्ने एक जना लाई
नगरपालिका ले उच्च मूल्यांकन गर्दै चेक मार्फत नगद पुरस्कार समेत प्रदान गरेको छ ।
कार्यक्रम मा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले (ऋइख्क्ष्म्(ज्ञढ) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण प्रति आभार प्रकट गर्दै अझै कोरोना भाइरस विरूद्ध लड्न सबैको साथ अपरिहार्य रहेको बताउदै विकास का काममा समेत सबैको सहयोग अपरिहार्य रहेको जिक्र गर्दै, कोभिड १९ अर्थात कोरोना रोगको महामारीले पूरा विश्व मा फैलिएको छ। नेपाल जस्तो विकासोन्मुख देश सिमित स्रोतसाधनका बवजूद हदसम्म संक्रमण नियन्त्रण गर्ने प्रयास जारि राखेको अवस्था हामीमा अवगतै छ। खासगरि भारतिय सिमासंग सटेको कृष्णनगर नगरपालिकामा शुरुआती लकडाउनका समय खुला बार्डर हुदै नेपालीहरु भित्रिने क्रम बढी थियो । दैनिक हजारौ सम्म भित्रिदै गरेको भिडलाई सेल्टर दिने देखि लिएर खाना व्यावस्थापन गराउने साथै नगरभित्रको क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन समेत गराउनमा हाम्रा कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी , सशस्त्र र जनपद प्रहरी लगायत नेपाली सेना एवं संघसंस्थाहरु लगायत पत्रकार बन्धुहरु प्रत्यक्षरुपमा खटिनुभएको थियो ।बढी चापका कारण संक्रमणको उच्च जोखिममा रहेको हाम्रो पालिका जिल्लामै उत्कृष्ट क्वारेन्टान र अनइसोलेसन व्यवस्थापन गरेको थियो केही कमी कमजोरीहरु पनि थिए तर संक्रमणकालिन अवस्थामा जनता हतोेत्साहित नहोउन भनी हामी आफै खटेर संक्रमण नियन्त्रण गर्न लागिपरेका छौं । आजको यश कार्यक्रममा हामी नगरपालिकाको तर्फबाट केही समाजिक अभियन्ता तथा कोरोना संक्रमणका बेलापनि आफ्नो जिउज्यानको बाजि लगाएर सर्वसाधारणका लागि खटिनुभएका व्यक्तित्वज्युहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो।
उक्त कार्यक्रम मा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डांगी, नगर उप प्रमुख सल्लाहकार तोफेल अहमद खां, मदरसा बोर्ड प्रदेश नं ५ उपाध्यक्ष मौलाना मसहुद खां नेपाली लगायत सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी ,पत्रकार समाजसेवी लगायत को उपस्थित रहेको थियो ।
कार्यक्रम संचालन भने ईश्वरी प्रसाद पौडेल ले गर्नु भयो।

प्रतिक्रिया