

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना, २४ घन्टामा हजार बढीको मृत्यु





ई–साझाकुरा, साउन २६
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।
मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
अरू नै समस्याले जचाउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन्।
उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न भनेका छन्।
यसैबीच कोरोनाभाइरसको महामारी सुरू भएयता भारतमा पहिलो पटक एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको छ।
यस्तै सोही अवधिमा ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन्।
यसैगरी संक्रमित संख्या २२ लाख १५ हजार ७५ पुगेको छ।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा हाल कोरोनाका ६ लाख ३४ हजार ९ सय ४५ वटा सक्रिय केस रहेका छन्। यस्तै हालसम्म ४४ हजार ३ सय ८६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
शुक्रबारयता भारतमा प्रतिदिन ६० हजार भन्दा बढीको संख्यामा संक्रमित फेला परिरहेका छन्।
भारतको कोरोनाबाट निको हुनेको संख्यामा पनि वृद्धि भएको छ। एकैदिन ५४ हजार ८ सय ५९ जना निको भएपछि भारतको निको हुनेदर ६९.३३ प्रतिशत पुगेको छ। हालसम्म १५ लाख मानिस उपचारपछि डिस्चार्ज भएका छन्।
भारतमा निको हुने र सक्रिय केसमा ९ लाखको अन्तर रहेको छ।
भारत सरकारले देशका १० राज्यमा अझै पनि कोरोना संक्रमण उच्च रहेको जनाएको छ। यी १० राज्यमा भारतका ८० प्रतिशत संक्रमित रहेका छन्।
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसिएमआर)ले हालसम्म २ करोड ४५ लाख ८३ हजार ५ सय ५८ वटा कोरोना परीक्षण गरिएको जनाएको छ।
आइतबार ४ लाख ७७ हजार बढी नमुना परीक्षण गरिएको उसले जनाएको छ। भारतले अगस्टको अन्तिमसम्म कोरोना परीक्षणदर प्रतिदिन १० लाख पुर्याउने लक्ष्य लिएको छ।
भारत विश्वमा कोरोनाबाट अमेरिका र ब्राजिलपछि सबैभन्दा संक्रमित भएको मुलुक हो। भारतमा दैनिक भेटिने कोरोना संक्रमित संख्याले अमेरिकाको दैनिक संख्यालाई उछिनेको छ।
विश्वमा हालसम्म २ करोड बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ३० हजार ८९ पुगेको छ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया