

एक जना कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सेवा बन्द



ई–साझाकुरा, साउन २७
अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।
त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा भने पोजेटिभ आएको छ ।

‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं,’ उनले भने, ‘अब उहाँको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण हुन्छ ।’
उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।
विमानस्थलका कर्मचारीको समेत नियमित परीक्षण भइरहेको र त्यहाँ भने पोजेटिभ नपाइएको महानिर्देशक केसीले जानकारी दिए ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया